Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • झलनाथ खनालले मागे माधव नेपालको राजीनामा


    बिहिबार, कार्तिक १३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताएका हुन्।

    ‘हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ,’ खनालले बैठकमा भनेका थिए, ‘उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।’

    माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिएका थिए।

    खनाल नेकपा माओवादीसँगको एकताको पक्षमा आफू नभएको पनि स्पष्ट पारे। उनले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार