Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस सभापति देउवा दम्पत्ति थप उपचारका लागि सिंगापुरतर्फ, खड्कालाई कार्यवाहक सभापतिको जिम्मा


    मंगलबार, कार्तिक ११ २०८२
    930
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्योपचारका लागि सिंगापुर पुगेका छन् ।

    सोमबार राति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । यहाँबाट हिंडेरै गएका देउवा दम्पत्ति सिंगापुरको विमानस्थलबाट भने ह्विलचेयरमा गएको तस्वीर सार्वजनिक भएको छ ।

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि राति ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।
    देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।

    जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि निर्घात कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।

    त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो ।

    लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पत्ति गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।

    त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार