काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्योपचारका लागि सिंगापुर पुगेका छन् ।
सोमबार राति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । यहाँबाट हिंडेरै गएका देउवा दम्पत्ति सिंगापुरको विमानस्थलबाट भने ह्विलचेयरमा गएको तस्वीर सार्वजनिक भएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित उपचारको लागि राति ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि निर्घात कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।
त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो ।
लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पत्ति गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।
त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend