नारायणगढको नारायणी किनारस्थित छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिरः सनद अधिकारी / रासस
काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ।
चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको पूजा आराधना गरेपछि छठ पर्वको परम्पराको थालनी भएको मानिन्छ। त्यस्तै, सूर्य पुराणका अनुसार ऋषि अत्रिकी पत्नी अनुसूया ९अनुसूर्य० ले सर्वप्रथम छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, जसपछि यो पर्व मनाउने परम्परा सुरु भएको उल्लेख छ।
सूर्यलाई सम्पूर्ण जीवजगत्को जीवनदाताको रूपमा मानिन्छ। सूर्यको किरण बिना वनस्पति, जीवजन्तु र मानव जीवन असम्भव हुने धार्मिक र वैज्ञानिक दृष्टिले समेत मान्यता रहँदै आएको छ। साम्ब पुराणका अनुसार भगवान् कृष्णका पुत्र साम्बले सूर्यको आराधनाबाट कुष्ठरोगमुक्त भएका थिए भन्ने प्रसंग पनि छ।
व्रत विधि र धार्मिक विश्वास
छठ पर्वमा व्रत बस्दा दुस्ख-दरिद्रता नष्ट हुने र परिवारमा समृद्धि आउने विश्वास रहँदै आएको छ। फलफूलका झुप्पा अर्पण गर्दा सूर्यदेव प्रसन्न भई व्रतालु र उनका सन्तानलाई कल्याण प्रदान गर्छन् भन्ने जनविश्वास छ। व्रत गर्न नसक्नेले अरू व्रतालु मार्फत् मनोकामना पूरा गराउने चलन पनि प्रचलित छ।
व्रत कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खानेदेखि सुरु हुन्छ। त्यसको भोलिपल्ट पञ्चमीका दिन “खरना” अर्थात् सखरयुक्त खीर षष्ठी मातालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गरिन्छ। षष्ठीका दिन कठोर निराहार व्रत बस्दै साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने मुख्य विधि रहन्छ।
गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अनुसार षष्ठीको रातभर जाग्राम बसेर सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न गरिन्छ। धार्मिक विश्वासअनुसार यस दिन विधिपूर्वक अर्घ्य दिएमा छालासम्बन्धी रोग लाग्दैन भन्ने जनश्रुति छ।
वि।सं। २०४६ अघि छठ पर्व मुख्यतस् तराई क्षेत्रमा सीमित थियो, तर अहिले यो राष्ट्रिय चाडको रूपमा स्थापित भएको छ। सो वर्षदेखि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो। बीचका केही वर्ष बिदा कटौती भए पनि पछिल्ला वर्षहरूमा पुनस् प्रदान गर्न थालिएको छ।
राजधानीका गुह्येश्वरीदेखि गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती नदी किनारलगायत स्थलहरूमा छठका लागि आकर्षक सजावट गरिएको छ। व्रतालुहरूले चतुर्थीदेखि नै चोखो सात्विक भोजन ग्रहण गर्दै तामसी पदार्थ-जस्तै लसुन, प्याज आदि(त्याग गरी पवित्र जीवनशैली अपनाउने गर्छन्। केहीले कोजाग्रत पूर्णिमापछि नै व्रत प्रारम्भ गर्ने परम्परा पनि राख्छन्।
यसरी सूर्य उपासना, आत्मसंयम र पवित्रताको प्रतीकका रूपमा छठ पर्व आज राष्ट्रिय एकता र सांस्कृतिक समृद्धिको साझा उत्सवका रूपमा मनाइँदै छ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend