Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुसिफर भनेकोमा बालेनको आक्रोश, देश एकअर्काले जलाउँछौं, दोष बालबच्चालाई दिन्छौ ?


    बुधबार, कार्तिक ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूलाई लुसिफर(सैतान) भनेकोमा कांग्रेस–एमालेलाई कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक संजालमा साहले प्रश्न गरेका छन्–आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ , दोष आफ्नो बाल बच्चालाई दिन्छौ ?

    मेयर साहले लेखेका छन्–

    तुइन र काठको पुल बनाउने नेताहरु भन्छन्

    यो देश बिदेशीले बिगार्यो,
    Visa पाउनलाई तिमीहरुको घर धाउनुपर्छ,

    अरुलाई एजेन्ट भन्छौ !!!

    आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ,

    कांग्रेसले एमालेको जलाउँछ , दोष आफ्नो बाल बच्चालाई दिन्छौ !

    चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

    लाज लाग्दैन ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार