काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष परित्याग गरेका डा. बाबुराम भट्टराईका सचिवालयका नेताहरुले पछिल्लो समयमा प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र अख्तियार प्रमुखआयुक्त प्रेमकुमार राईविरुद्ध शृंखलाबद्ध अभियान चलाएका छन् ।
बुटवल घर भएका डा. बाबुराम भट्टराईका प्रेस तथा आईटी विभागका प्रमुख इन्जिनियर अमित खनालले यसको समन्वय गरिरहेका छन् । खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् । खनाल प्रोग्रामिङ, सर्किट डिजाइनिङ र सिस्टम डिजाइनमा गहिरो ज्ञान राख्छन् । उनी नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का केन्द्रीय सदस्य पनि हुन् ।
जेन–जी एलायन्सको नाममा खनालकै समन्वयमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राजीनामा दिनुपर्ने माग बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेका थिए ।
स्रोतका अनुसार उनकै समन्वयमा २१ असोजमा रिजन रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायत अख्तियारको कार्यालय पुगेका थिए । खनालले नै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको राजीनामाको अजेन्डा तयार पारेर टोली परिचालन गरेका छन् । अख्तियार पुगेका यी चारमध्येका एकले भने, ‘प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई लगायको राजीनामा किन ? भन्ने बिषयमा उहाँले नै बुझाउनु भएको हो ।’
गएको ११ फागुन २०८१ देखि उनले बाबुरामको सचिवालय सम्हालिरहेका छन् । इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरेको जानकारी दिँदै डा. भट्टराईले नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको बताएका थिए ।
‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्नेगरी नियुक्ति गर्न पाउँदा खुशी छु’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु । सबैको सद्भाव र सहयोगका लागिहार्दिक आग्रह गर्दछु ।’
संशयपूर्ण भूमिका
‘जेनजी’आन्दोलनकै कारण सुीशला कार्की प्रधानमन्त्री बनेकी हुन् । तर खनालले आफ्नो समूहमा सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनको भावना बुझ्न नसकेको भन्दै सुशीलाविरुद्ध समेत एउटा टोलीलाई अभियानमा खटाएका छन् । जेनजी आन्दोलनको अजेन्डा सम्बोधनका लागि तेश्रो व्यक्तिलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने उनले तर्क सुरु गरेका छन् । उनकै अभियानका एक सदस्यले आफ्नो मोबाइलमा रहेको रेकर्ड सुनाएर भने, ‘अब तेश्रो व्यक्तिको खोजी गर्नुपर्छ भन्नुभएको छ, त्यो पात्र को हो ? त्यो खुलाउनुभएको छैन ।’
डा. बाबुराम भट्टराई वा कुनै एक पूर्व प्रधानन्यायाधीशलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने तर्कमा छन् । भ्रष्टाचार र सुशासनका अजेन्डा उठाएर आन्दोलन गरिए पनि खनालले भने संसदीय समितिले १२ अर्ब भ्रष्टाचारको गरेका दाबी गरेका नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, साहिल अग्रवाल, विचौलियाको आरोप लागेका दिपक भट्टसँग दैनिक रुपमा भेट गरिरहेको स्रोतको दाबी छ । उनी अर्घाखाँची ढाकावाङका कमला खनाल र कृष्णप्रसाद खनालका छोरा हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend