सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरी चौकीमा आक्रमण र प्रहरी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार दुर्गा पूजाका लागि चन्दा संकलनको विषयमा स्थानीयबीच विवाद भएपछि असोज १७ गते प्रहरी चौकी गोडैतामा पंचायती छलफल भइरहेको समयमा दासको समूहले प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।
आक्रमणका क्रममा प्रहरी सई अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको र पाँच जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न वडाध्यक्ष दासलाई प्रहरीले कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको आरोपमा नियन्त्रणमा लिएर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको हो ।
यसबीच, वडाध्यक्षको गिरफ्तारीबिरुद्ध गोडैता बजार पूर्णरूपमा बन्द गरिएको छ । मेयर देवेन्द्रकुमार यादवले भने पक्राउ राजनीतिक पूर्वाग्रहका कारण गरिएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend