काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई भारत र बंगलादेशले बधाइ तथा शुभकामना दिएका छन् । अर्को विशाल छिमेकी चीनले कार्की नेतृत्वको सरकारलाई बधाइ तथा शुभकामना दिइसकेको छैन । चीन भन्दा अगाडि कार्की नेतृत्वको सरकारलाई तिब्बती धर्मगुरु दलाई लामाले बधाइ दिएका छन् ।
यसअघिका नेपालमा गठन भएका कुनै पनि सरकारलाई दलाई लामाले बधाइ दिएका थिएनन् । तर कार्की नेतृत्वको सरकारलाई भने लामाले गठन भएको भोलिपल्टै शनिबार बधाइ दिएको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् । एक चीन नीतिप्रति नेपाल सधैं अडिग रहेको परिप्रेक्ष्यमा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाइ आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अमेरिकी एनजीआले फन्डिङ गरेको हामी नेपाल भन्ने संस्थाका सुधन गुरुङलाई जेनजी पुस्ताको प्रदर्शनको कमाण्डरको रुपमा प्रस्तुत गरिनु, गुरुङले काठमाडौंका मेयर बालेन साहका सल्लाहकार ओमप्रकाश अर्याललाई वार्तामा अगाडि सार्नु र उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुलाई संयोगमात्र त होइन कि भन्ने आशंका ब्याप्त छ ।
दलाई लामाले नवनिवयुक्त अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिंदै भनेका छन्–‘नेपालको यो चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र चाहाना पूरा गर्न सफलताको शुभकामना व्यक्त गर्दछु ।’
नेपाल र तिब्बतीहरूको ऐतिहासिक रूपमा मित्रवत सम्बन्ध भएको पनि लामाले उल्लेख गरेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend