इन्दीप कोइराला
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरीले जनाएको छ ।
यसअघि पनि बारा जिल्लामा बाघको आक्रमणले जनधनको क्षति पुर्याउँदै आएको छ । केही समय अघि मात्रै बारा अम्लेखगञ्जमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको थियो । यसरी निरन्तर बाघ आक्रमणका घटना बढ्दै गएपछि स्थानीयवासी आतंकित बनेका छन ।
उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका प्राविधिक टोलीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।
स्थानियवासीले पटक–पटक निकुञ्ज र सम्बन्धित निकायसँग मानव बस्ती नजिक बाघको गतिविधि बढ्दै गएको भन्दै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend