Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाले रुपन्देही–३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने


    आइतबार, भाद्र १५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को प्रतिनिधिसभाका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ ।

    पार्टीको सचिवालय बैठकबाट निर्णय गरी ९ जना आकांक्षीमध्येबाट डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा न्यूरोलोजिष्ट हुन् ।

    उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए ।
    उम्मेदवार हुन इच्छुकसँग रास्वपाले २५ हजार रुपैयाँ शुल्क पनि लिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार