Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै रास्वपा


    आइतबार, भाद्र १५ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज आफ्नो उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

    पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा दिउँसो १.३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।

    सचिवालय बैठकपछि औपचारिक रुपमा रुपन्देही–३ को उम्मेदवार घोषणा गरिने भएको हो । सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको छ ।

    सचिवालय बैठकमा उम्मेदवार छनोट मूल्यांकनका साथै प्रवास विशेष अभियान सञ्चालन र विभिन्न अन्य एजेन्डामा समेत छलफल हुने तयारी छ ।

    रुपन्देही–३ उपनिर्वाचनका लागि रास्वपाभित्र हाल नौ जना आकांक्षी प्रतिस्पर्धामा छन् । तीमध्येबाट एक जनालाई उम्मेदवारका रूपमा अघि सारिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार