काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीकै चाहनाबमोजिम सहसचिव रोशन ज्ञवालीलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको महानिर्देशक बनाइएको छ । तीन महिना पनि जागिर अवधि नभएका कुमारप्रसाद दाहाललाई नियमबिपरीत हटाएर ज्ञवालीलाई बाणिज्य पठाइएको हो ।
निजामती सेवा नियमावलीमा एक बर्षभन्दा कम जागिर अवधि नभएका कर्मचारीलाई कार्यरत कार्यालयबाट सरुवा गर्न पाइँदैन । यो नियम दाहालको हकमा लागू हुन सकेन । २ महिनाअघिमात्र उद्योग बिभागमा प्रवेश गरेका रोशन ज्ञवाली लघु घरेलु तथा साना उद्योग केन्द्रको प्रमुख थिए ।
दुई महिनामै उनी बाणिज्य बिभागको महानिर्देशकमा हुन सफल भएका छन् । बाणिज्य बिभागको महानिर्देशकमा जानका लागि मन्त्रालयका केही सहसचिवहरुले इच्छा देखाए पनि अन्ततः मन्त्री दामोदर भण्डारीले रोशन ज्ञवालीलाई पठाएका हुन् ।
मन्त्री भण्डारी अरुको कुरामा विश्वास गरेकै भरमा बिभाग र कार्यालय प्रमुख बनाउँदैआएका कारण एकपछि धोका पाउँदैआएका छन् । अझै चेत नफिरेका मन्त्री भण्डारीले रोशनलाई बाणिज्य बिभाग पठाएर कच्चा खेल खेलेको मन्त्रालयभित्र चर्चा छ । नजिकिंदै गरेको चाडबाडका बेला बजार नियन्त्रण गर्न बाणिज्यको भूमिका प्रभावकारी हुनुपर्दछ । तर स्थानीय तह चलाएर आएका ज्ञवालीले बाणिज्यलाई चलायमान बनाउन सक्ने क्षमता देखिंदैन ।
केही ब्यापारीक पृष्ठभूमिका बिचौलियाहरुको चाहनाअनुसार त्यहाँ पुगेका रोशन बिभाग सम्हालेपछि दाहालको कार्यकालको तुलनामा एक तिहाई पनि अनुगमन हुन सकेको छैन । दाहालले बिभागको उचाई शिखरमा पुर्याएका थिए । तर ज्ञवाली आएपछि बिभाग राजन पौडेल र तीर्थ चिलुवालको भन्दा पनि कमजोर बन्ने संकेत देखिइसकेको छ ।
कम्पनी रजिष्टार कार्यालयबाट एकमुष्ट पठाइएका कर्मचारीहरुलाई ज्ञवालीले बजारमा गएर मोलमोलाईलाई महानिर्देशकले नै छुट दिएका छन् । हरेक बस्तु तथा सेवामा एमआरपी लागू गर्न खोजेका दाहालको अभियानलाई ज्ञवालीले महत्व नदिएपछि कालाबजारियाहरु खुसी भएका छन् ।
केही उपभोक्तावादी संघ संस्थासँग मिलेर एमआरपीलाई असफल बनाउन लागेका डीजी ज्ञवालीलाई बाणिज्य बिभागमा लैजानमा मन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टको पनि जोडबल रहेको छ ।
मन्त्री भण्डारीले अरुको विश्वास गरेका उद्योग बिभागका महानिर्देशक ज्ञवालीबाट सोचे अनुसार प्रगति हासिल गर्न सकेका छैनन् । केही उद्योगीहरुसँग सेटिङ गरेर बिभागको कामकारबाही गर्दै आएका राजेश्वर उद्योगीहरुकै लगानीमा विदेश यात्रा गर्दैआएका छन् । केही दिनअघि केही उद्योगीकै प्रायोजनमा अमेरिका यात्रा तय गरेकाले उनले अन्तिममा गएर स्थगित गरेका थिए । यसअघि माल्टा, जापान, अष्ट्रेलिया जस्ता देशमा उद्योगीकै लगानीमा घुमफिर गरिसकेका छन् ।
औद्योगिक प्रबद्र्धन बोर्डबाट एक दर्जन क्रसर उद्योगलाई सेटिङमा अनुमति दिलाएको आरोप पनि ज्ञवालीमाथि लाग्दैआएको छ । छोटो समयमै बिभागका महानिर्देशक र मन्त्रालयका सहसचिवहरुको परिवर्तनले उद्योग मन्त्रालयको छविमै प्रश्न उठ्न थालेको छ । भण्डारीले कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा हुमकला पाण्डेलाई ल्याएका छन् । उद्योग बिभागको महानिर्देशक बन्न खुट्टा उचालेकी पाण्डे यसअघि नीति योजना महाशाखाको प्रमुख थिइन् ।
कर्मचारी प्रशासन शाखाको प्रमुखमा लक्ष्मी शाही आएपछि उनकै योजनाबमोजिम पाण्डेलाई महाशाखाको प्रमुख बनाइएको चर्चा पनि उद्योग मन्त्रालयमा हुने गरेको छ । रमिला भण्डारीलाई अर्कोतिर धकेलेर कर्मचारी प्रशासन शाखामा पुगेकी लक्ष्मी शाही दशैंलगत्तै उद्योग बिभागमा सरुवा हुने दाउमा छिन् ।
उद्योग बिभागबाट आएका शाखा अधिकृत दुर्गादत्त भट्ट अहिले कर्मचारी प्रशासन शाखामा छन् । उनी कांग्रेसनिकट भए पनि मन्त्रीकै भेगका भएकाले उद्योगमा राम्रो ठाउँ पाएका छन् । उनी पनि केही दिनभित्रै उद्योग बिभागमा फड्को हान्ने तयारीमा छन् । मन्त्री भण्डारीले आफैंले रोजेर ल्याएका सहसचिव छबिन्द्र पराजुलीलाई ६ महिना पनि नपुग्दै कर्मचारी प्रशासन महाशाखाबाट हटाएका छन् । लघु घरेलु तथा साना उद्योग केन्द्रबाट मन्त्रालयमा सरुवा गरिएका पराजुली कर्मचारी प्रशासन महाशाखा प्रमुख थिए ।
काम नगर्ने सहसचिवको उपाधी पाएका पराजुलीले मन्त्रीकै निर्देशन नमान्ने क्रम बढेपछि उनी अहिले तथ्यांक कार्यालयमा काजमा खटिएका छन् । मन्त्री भण्डारीले आफ्नो कार्यकक्षमा प्रवेश रोक लगाउँदा पनि पराजुली रमाना नलिई बसेका थिए । जबर्जस्ती नै गरेपछि उनी रमाना लिएर कर्मचारीका लागि कालापानी मानिने तथ्यांक कार्यालयमा पुगेका छन् । जुन कार्यालयको प्रमुखमा यसअघि बाणिज्य सचिवबाट मन्त्री भण्डारीले नै खेदेका मधुसुदन बुर्लाकोटी कार्यरत छन् ।
अरुको इशारामा चल्दैआएका मन्त्री भण्डारीले उद्योग बिभागका निर्देशक सोम गौतमलाई भने सुनपानी छर्केर राखेका छन् । ट्रेडमार्क शाखामा हुँदा उद्योगीहरुसँग फाइलैपिच्छे अतिरिक्त असुली गरेका गौतमलाई पुरस्कृत गरेर अनुमति शाखाको निर्देशक बनाइएको छ । महानिर्देशक राजेश्वर ज्ञवालीले एमालेनिकट हो भनेर मन्त्रीलाई गुमराहमा राखी गौतमलाई अनुमति शाखाको प्रमुखमा लगेका छन् । फाइल गनेर असुल्ने गौतम बिगतमा कांग्रेसनिकट हुँदै लाभ लिंदैआएका कर्मचारी हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend