फोटो सभार, नवीना लामाको फेसबुक
काठमाडांै । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर पार्टी एकतामा असहयोग गरेको आरोप लगाएकै दिन शुक्रबार पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा तीज कार्यक्रम राखेकी छन् । जुन कार्यक्रममा महिला नेतृहरु भेला भएका थिए ।
एमाले नेतृत्वको बक्रदृष्टिमा पर्ने डरसमेत नमानी भंगालमा तीज मान्न महिला नेतृहरु पुगेका थिए । भण्डारीको निवासमा आयोजित तीज कार्यक्रममा एमालेका महिला नेतृहरुको सहभागिता थियो । भंगालमा तीजमा नाच्न एमालेका करिब एक दर्जन महिला केन्दीय सदस्यहरु पुगेका थिए । पाटीका केन्द्रीय सदस्य सरीता भट्टराई, नवीना लामा, एमाले नेतृ शान्ति अधिकारीदेखि पूर्वसांसद सीता पौडेल, गोमा देवकोटा र तीर्था गौतम सहभागी थिए । शान्ति अधिकारी पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी बुहारी हुन् ।

पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङ, महिला आयोगकी अध्यक्ष कमला पराजुली, बुढानीलकन्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, बुढानीलकन्ठकै पूर्व उपमेयर रमा राई र एमाले केन्द्रीय सदस्य गैरसरकारी संस्था महासंघकी पूर्वअध्यक्ष शर्मिला कार्की, भगवती थापालगायतका महिला नेतृहरु भण्डारीको निवास भंगाल पुगेका थिए ।
पार्टीभित्र विद्या भण्डारीको चर्को आलोचना गर्ने एमाले नेता भानुभक्त ढकालकी पत्नी इन्दिरा फुयाँल पनि भंगालमा तीज मनाउन पुगेकी थिइन् । अनेरास्ववियुकी पूर्व सचिव आरती भट्टराई लगायतका विद्यार्थी नेतृहरु पनि तीज कार्यक्रममा सहभागी हुन भंगाल पुगेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend