Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • नेकपा एसमा बिद्रोही एकता अभियान समाहित


    शुक्रबार, भाद्र ६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ।

    शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो।

    पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका थिए।

    कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरे भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार