भक्तपुर । ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिँदै नेपाल र थाइल्याण्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि भोजन लिपी स्वाद कार्यक्रमको महत्त्वलाई उच्च मूल्याङ्कन गरेका छन् ।
मन्त्री खड्काले भोजन लिपि स्वाद कार्यक्रमको छैटौं संस्करणको उदघाटन समारोहमा भने–थाई खाना नेपालीलाई र नेपाली खाना विदेशीलाई परिचित गराउनु हाम्रो साझा जिम्मेवारी हो । यसले आपसी मित्रता र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ, साथै थाइल्याण्डसँगको हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।’
मन्त्री खड्काले यस कार्यक्रमलाई नेपाल र थाइल्याण्डबीचको खाद्य संस्कृति र आपसी मित्रता थप प्रगाढ बनाउन एक महत्वपूर्ण कदम मानेका छन् । उनले थपे–‘नेपालमा पनि सुरक्षित र स्वस्थ भोजन प्रबद्र्धन गर्नका लागि हामी निरन्तर प्रयासरत छौं । नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दा त्यसको परिष्कृत रूपले विदेशी बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्छ ।’
कार्यक्रममा रायल थाई दूतावास, काठमाडौंका राजदूत माननीय सुवापोंग सिरिसोर र कार्यक्रमका अध्यक्ष गणेश ढकालले पनि नेपाली र थाई खाद्य संस्कृति बीचको सम्वन्धलाई बढावा दिनको लागि यस्तो आयोजनालाई समर्थन गर्नुपर्ने बताए ।
कार्यक्रमको संयोजन भोजन लिपी स्वाद अभियानका संयोजक देवी सापकोटाले गरेका थिए । र, सेफ घनश्याम कँडेल र उनको टीमले तयार पारेका विभिन्न थाई र नेपाली परिकारहरूले आगन्तुकहरूको मन जितेको थियो । आगन्तुकहरूले समृद्ध संस्कृतिका स्वाद अनुभव गर्दै कार्यक्रमको आनन्द लिएका थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend