Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रविलाई नख्खु कारागार ल्याइँदै


    शनिबार, साउन ३१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट नख्खुमा ल्याउने तयारी भइरहेको छ । उनलाई सरकारले नख्खु कारागारमा सार्ने निर्णय सरकारले गरिसकेको छ ।

    सहकारी ठगी आरोपमा हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले ललितपुरको नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

    कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेको लिखित मागअनुसार नख्खु सरुवाको निर्णय भई रुपन्देही पठाइएको जानकारी दिएका छन् । लामिछानेले नख्खु कारागारमै सरुवा गर्न माग गरेका थिए ।

    गृहमन्त्री रमेश लेखकले गत बिहीबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा लामिछानेको सरुवा प्रक्रिया अघि बढिरहेको बताएका थिए ।

    अब रुपन्देही कारागार, स्थानीय प्रशासन र सीडीओ कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लामिछानेलाई नक्खु ल्याउने छन् । शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको जिम्मेवारीमा आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार