विराटनगर । विधान महाधिवेशन समेट्नुपर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।
हिजो र अस्ति धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी, (झापा), इन्द्रमणि पराजुली (धनकुटा) खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन् ।
यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।
खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा ब्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।
जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।
अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा
बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुनेगरी बोल्न नदिएको बताए ।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नु भयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’
पूर्वराष्ट्रपति बिधादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखेपछि अहिले एमाले भित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाइ रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन १२ जारी गर्द पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन्...
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend