Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा पुरानो पक्की घर भत्किँदा ६ बर्षीय बालकको ज्यान गयो


    बुधबार, साउन १४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा बुधबार दिउँसो एक पुरानो दुई तल्ले पक्की घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

    गौतम माझीका छोरा अरुण माझी आफ्नै घरको आँगनमा खेलिरहेको समयमा अचानक नबिन सिंहको पुरानो घर भत्किँदा उनी माटोको ढिस्कोमा च्यापिएका थिए । गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

    घटनापछि प्रहरी चौकी नाढिमनबाट खटिएको टोली र इप्रका केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबी सहितको प्रहरी टोली उद्धारमा खटिएको छ । घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिण पर्छ ।

    अन्य व्यक्तिहरू पनि माटोमा च्यापिएको हुनसक्ने आशंकामा प्रहरीको टोलीले पुरिएको संरचना हटाउने र सम्भावित पीडितको खोजतलास कार्य जारी राखेको जनाएको छ ।

    घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले जीर्ण संरचनामाथि समयमै ध्यान नदिँदा यस्ता दुर्घटना भइरहने भन्दै गुनासो व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार