Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • घुस डिल गर्ने बिचौलियालाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ : सूर्य थापा


    बुधबार, असार ३२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले ७८ लाख रुपैयाँ घुसको डिल गर्ने मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेको र अडियोमा बोल्ने बिचौलियालाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । बिचौलिया जो जुन पार्टीमा भए पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

    कास्कीको बाटुलेचौरीमा रहेको थकाली समुदायको १ सय ५० रोपनी जग्गा हत्याउनका लागि सुजन लामाले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकाउन घुसको डिल गर्न परिचालन गरेको आरोप छ । लामा एमालेनिकट आदिबासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव हुन् । उनी एमालेको गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । थापाले लामातर्फ नै संकेत गरी जो भए पनि कारबाहीको माग गरेका छन् ।

    मन्त्रीले छानबिन सहज होस् भनेर राजीनामा दिइसकेपछि झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनु नहुने माग गरेका छन् । थापाले सामाजिक संजालमा लेखेका छन्–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस बिषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ ।

    सुजन लामा

    यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुधर पानीको पानी छुट्याउनुपर्छ । दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन ।

    विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन र गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार