सर्लाही । मानव ओसारपसार तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय कमैयाका सई (प्रहरी नायव निरीक्षक) सुभाष यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार महिनामा उल्लेखनीय सफलता हासिल गरेका सई यादवलाई Police of the Month घोषणा गरेको हो । यादवले गत असार २२ गते परालको भुसमा लुकाई ल्याइएको १२ लाख ३० हजार रुपैयाँ बराबरको काजुसहितको ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका थिए ।
त्यसका साथै, उनले करिब ४ करोड ३६ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली गरी ल्याइएका कबाड, लत्ताकपडा, इलोक्ट्रोनिक सामग्री, सुपारी, औषधि लगायतका सामग्रीहरू लोड गरिएको १० वटा ट्रक नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएका थिए ।
भारतीय सीमाबाट हुने बालबालिका ओसारपसार, लागूऔषध कारोबार र अन्य आपराधिक क्रियाकलापको नियन्त्रणमा पनि यादवको सक्रियता देखिएको प्रहरीले जनाएको छ । सुराकी संकलन, सूचनाका आधारमा गरिएका कारबाही, तस्करी तथा मानव ओसारपसार नियन्त्रणमा यादवको भुमिका प्रशंसनीय रहेको प्रहरी कार्यालयको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले सई यादवलाई बधाई दिँदै यस्ता कार्यहरूले प्रहरी संगठनप्रतिको जनविश्वास अझ बलियो हुने विश्वास व्यक्त गरे ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend