सर्लाही । आर्थिक वर्ष सकिन थोरै बाँकी रहँदा सर्लाहीमा विकास बजेट खर्च ८६ दशमलव ३४ प्रतिशतमा सीमित भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंका अनुसार चालु आव २०८१–०८२ मा सर्लाहीका विकास निर्माणसँग सम्बन्धित सरकारी कार्यालयहरूले कुल ५ अर्ब १६ करोड ७४ लाख ९० हजार रुपैयाँ विकास बजेटमध्ये ४ अर्ब ४६ करोड १८ लाख ९५ हजार ५०७ रुपैयाँ ८४ पैसामात्रै खर्च गरेका छन् ।
सबैभन्दा बढी बजेट पाएको कमला–ढल्केवर–पथलैया सडक योजना (लालबन्दी कार्यालय) ले ३ अर्ब २३ करोड ८३ लाख २० हजारमध्ये २ अर्ब ९४ करोड ६१ लाख ३३ हजार ४८१ रुपैयाँ खर्च गरेको छ । रेल योजना कार्यालयले ६७ करोड ४० लाख रुपैयाँ बजेटमध्ये ५५ करोड ७९ लाख २८ हजार ९१९ रुपैयाँ मात्रै खर्च गरेको छ ।
त्यस्तै, बागमती सिँचाइ आयोजना (कर्मैया) ले ६६ करोड ४८ लाख ७० हजार रुपैयाँ बजेटमध्ये ६४ करोड ७ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ भने जनताको तटबन्ध कार्यक्रम (फिल्ड कार्यालय हरिपुर) ले २३ करोड १८ लाख ८० हजार रुपैयाँ बजेटमध्ये ८ करोड २३ लाख १८ हजार २६९ रुपैयाँ खर्च गरेको छ ।
विकासतर्फ ७० करोड ५५ लाख ९४ हजार ४९२ रुपैयाँ खर्च हुन नसकेर सरकारी खातामै फर्किएको छ ।
यस्तै, चालुतर्फ सर्लाहीमा छुट्याइएको १३ अर्ब ६४ करोड ६५ लाख ३ हजार ४१७ रुपैयाँमध्ये ९५ दशमलव १७ प्रतिशत अर्थात १२ अर्ब ९८ करोड ८० लाख १२ हजार ३१४ रुपैयाँ मात्रै खर्च भएको छ ।
गुरागाईंका अनुसार चालुतर्फ पनि ६५ करोड ८४ लाख ९१ हजार १०२ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।
उनका अनुसार असार महिनामा मात्रै कार्यालयहरूले विकासतर्फ १ अर्ब २७ करोड १७ लाख ७४ हजार १८३ रुपैयाँ खर्च गरेका छन् । कुल बजेटको २८ दशमलव ५० प्रतिशतभन्दा बढी असार महिनाको २५ दिनमा मात्रै खर्च गरिएको छ ।
त्यस्तै, चालुतर्फको खर्चमा पनि असारमै १ अर्ब ९५ करोड ८८ लाख ११ हजार ४३८ रुपैयाँ ९९ पैसा खर्च भएको छ ।
गुरागाईंका अनुसार यो खर्च संघीय सरकारका कार्यालय तथा पालिकाहरुमा संघीय सरकारबाट आएको बजेट हो । प्रदेश सरकारबाट पालिकालाई प्राप्त बजेट, मालपोत तथा अन्य आन्तरिक आम्दानीको विवरण भने कोष तथा लेखा नियन्त्रक कार्यालयमा देखिँदैन ।
सरकारी कार्यालयहरूले असार २५ गतेसम्म मात्रै भुक्तानी गर्न पाउने कानुनी व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार असार महिनामा भुक्तानी गर्नुपर्ने रकम कम्तीमा सात दिनअघि भुक्तानी गरिसक्नुपर्ने व्यवस्था छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ अबैध हुन्डीमार्फत् कारोबार गर्ने धरान...
बिराटनगर । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६...
काठमाडौं । एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित,...
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनका लागि लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै त्यसको नारासमेत सार्वजनिक...
चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend