सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि स्थिति तनावग्रस्त बनेको छ । जसपा कार्यकर्ताहरू शनिबार मलंगवामा सडकमा उत्रिएका छन् ।
सर्लाहीका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनमा सयौं कार्यकर्ताहरू सहभागी थिए । उनीहरू अशोक यादवमाथिको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सडकमा ओर्लिएका हुन् ।
विवादको सुरुवात बिहीबार राति मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको हो । रातिको समयमा सरकारी चेक काटिएको विषयमा अध्यक्ष यादव र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काबीच भनाभन भएको थियो ।
जसपा कार्यकर्ताहरूको दाबी अनुसार, सुरुमा एसपी खड्काले अशोक यादवलाई गाली गरेका थिए । त्यसपछि अशोक यादव पनि प्रतिकार गर्दै गालीगलौजमा उत्रिएका थिए । तर, उल्टै प्रहरीले अध्यक्ष यादवमाथि सरकारी काममा बाधा र्पुयाएको र सरकारी सम्पत्ति तोडफोड गरेको आरोप लगाउँदै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो ।
जसपा सर्लाहीका अनुसार, प्रहरीले अशोक यादवलाई फसाउन नियोजित रूपमा मुद्दा लगाएको हो । ‘पहिला गाली गर्ने एसपी, उल्टै मुद्दा लगाउने प्रहरी’ आन्दोलनमा सहभागी कार्यकर्ताहरूको गुनासो छ ।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सलेमपुरस्थित यादवको निवासमा प्रहरी खटाएको थियो । तर, स्थानीयवासीले प्रहरीको उपस्थिति अस्वीकार गर्दै गाडीमा तोडफोड गरेका थिए । स्थिति तनावग्रस्त भएपछि सर्लाहीमा झण्डै एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अध्यक्ष यादवलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । यता, जसपाले भने अशोक यादवमाथिको मुद्दा खारेज नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend