Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • असार २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव, सर्वसाधारणका लागि निर्मल निवास खुला गरिने


    शुक्रबार, असार १३ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव यही असार २३ गते विशेष कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । जन्मोत्सवलाई भब्य बनाउन पूर्वराजालाई शुभकामना दिन चाहनेका लागि निर्मल निवास सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।

    पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई शुभकामना दिन सकिनेछ ।

    पूर्वराजा शाहले पछिल्लो समय जनतामाझ आफ्नो सक्रियता देखाइरहेका छन् । गएको फागुन २५ गते पोखराबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भब्य स्वागतबाट उत्साहित भएका पूर्वराजा शाहले राजासहितको हिन्दू राष्ट्रको एजेन्डासहित छरिएर रहेका राजावादीहरुलाई एकजुट भएर आन्दोलन गर्ने वातावरण बनाएका थिए । तर गएको चैत १५ गते दुर्गा प्रसाईलाई जनकमाण्डर बनाएर गरिएको आन्दोलन हिंसात्मक भएपछि राजावादीहरुबीच एकमत हुन सकेन । एकअर्कामा आरोप प्रत्यारोप चलेपछि आन्दोलन सेलाउँदै गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार