Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा बाढीले बगाउँदा सबइन्जिनियरको मृत्यु


    बिहिबार, असार १२ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाढौं । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङ खोल्सामा आएको बाढीले बगाउँदा एक सब(इन्जिनियरको मृत्यु भएको छ।

    महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सब-इन्जिनियर २१ वर्षीय सविन दाहाल छन्।

    बुधबार साँझ ठूला दुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता भएका थिए।

    खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार