Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौँको विष्णुमती नदीमा कारसहित बगेकी महिलाको सकुशल उद्धार


    बिहिबार, असार १२ २०८२
    830
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको टोखामा विष्णुमती खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

    काठमाडौँको टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकबाट नदीमा खसेको कारसँगै बगेकी ३४ वर्षीया भावना ओलीलाई नेपाल प्रहरी टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् ।

    दुईजना सवार कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए।

    बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति सवा ८ बजेतिर एक्कासि खोलामा खसेको थियो । प्रहरीका अनुसार गाडी खोलामा खस्नासाथ सिंह किनारामा हाम फालेका थिए । तर गाडीभित्रै रहेकी भावना ओली भने बाहिरिन नसकेपछि कारसँगै बगेकी थिइन् ।

    गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याउँदै गएर बानियाटार पुलबाट उद्धार गरेको हो । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको कार क्रेनको सहायताले निकालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार