Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्यासलमा एमालेको सचिवालय बैठक जारी, अध्यक्ष ओलीले तिरे लेबी


    बुधबार, असार ११ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यतालिकाका कारण ३ बजेका लागि सारिएको थियो।

    आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन्।

    एमालेको विधान महाधिवेशन आगामी भदौ २०(२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो।

    एमालेका अध्यक्ष ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । पार्टीको केन्द्रीय कार्यालयको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार