Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिशूलीमा हाम फालेर ५६ वर्षीया महिला बेपत्ता


    बुधबार, असार ११ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार बिहान करिब ९ बजेतिर गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैबाट त्रिशूली नदीमा हाम फालेकी हुन् ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले गिरीको खोजी कार्य सुरु गरिएको जानकारी दिए । उनका अनुसार विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डमा तालिम प्राप्त सशस्त्रका टोली खटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार