Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीले बनाएको छानबिन समिति अमान्य घोषणा गर्दै रास्वपा र राप्रपाद्वारा संसद बहिष्कार


    मंगलबार, असार १० २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

    दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए ।

    हिजो (सोमबार)बसेको मन्त्रीपरिषद बैठकले पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा समिति गठन गरेको थियो । यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको उनले बताए ।

    समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी ३ महिनाभित्र छानबिन गरि प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार