Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बालुवाटारमा सत्तारुढ दलको बैठक जारी


    मंगलबार, असार १० २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको छ।

    आज आगामी वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्‌बाट पास गर्ने तयारी छ। त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो। तर बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन।

    सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन्।

    बजेट पास गर्ने कार्यसूची राखेर आज (मंगलबार)बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार