काठमाडौं । जलहरी प्रकरणमा सफाइ पाएको एक बर्ष नपुग्दै पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपतिको शव जलाउने बिद्युतीय मेसिन (फर्नेस) खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा आइतबार आयोगले मुद्दा दायर गरेको हो ।
तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, कोषका तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक रेवतीरमण अधिकारी, निमित्त उपनिर्देशक सिताराम रिसेल, कोषकै इन्जीनीयरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनालका बिरुद्ध मुद्दा दायर गरिएको छ ।
त्यसैगरी पुल्चोक इन्जीनीयरीङ क्याम्पसका इलेक्ट्रिकल बिभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापाबिरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । १४ जनाबिरुद्ध नै जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
शब जलाउने मेसिन आपूर्तिकर्ता कम्पनी म्याप इन्टरप्राइजेज प्रालिका संचालकद्वय मनोज पुरी \यदुनन्दन भट्टराई र कन्सलटेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाई बिरुद्ध पनि विशेष अदालतमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
पशुपति बिकास कोषले म्याप इन्टरपेनर्स प्रालिसँग शव जलाउने मेसिन खरिद गरेको थियो । गुणस्तरहीन मेसिन सेटिङमा खरिद गरिएको अनुसन्धानमा देखिएको उल्लेख गर्दै आयोगले सदस्यसचिव थापासहितका पदाधिकारी र कर्मचारीसँग साढे १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ४१ पैसा बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
कोषले २०८० असोजमा ४ वटा मेसिन खरिदका लागि म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । ५ करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, गुणस्तरमा प्रश्न उठेपछि भुक्तानी रोकिएको थियो । र, थप २ वटा मेसिन खरिद प्रक्रिया समेत अवरुद्ध भएको थियो ।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend