Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा भारी अङ्कको गिरावट


    आइतबार, असार ८ २०८२
    860
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । निरन्तर चौथो कारोबार दिन घटेर नेप्से परिसूचक २६०० विन्दुभन्दा तल पुगेको छ ।

    आइतबार नेप्से परिसूचक ३२.९३ अङ्क घटेर २५९५.९७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अङ्क घटेको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार