काठमाडौं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले चार-पाँच वटा जिल्लामा मात्रै बजेट परेको भन्दै अन्य जिल्लालाई अरू देशलाई नै लिजमा दिऊँ भनेपछि विवाद भएको छ।
आज(आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले चार-पाँच वटा जिल्लाबाहेक अरू जिल्लालाई अर्कै देशलाई लिजमा दिऊँ भन्ने अभिव्यक्ति दिएपछि नेकपा (एमाले)ले नियमापत्ति जनाएको हो। सांसद सिंहको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ देखाउँदै नियमापत्ति जनाएका थिए।
‘म नेपाल सरकारलाई आग्रह गर्न चाहान्छु। चार(पाँच वटा भाग्यमानी जिल्लाहरू छन्। त्यसलाई नेपालमा राखौं। बाँकी ७२ जिल्लालाई लिजमा अर्को देशलाई दिऊँ, अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ। बजेट नै जाँदैन भने त्यो जिल्लालाई किन राख्नेरु खाली ट्याक्स लिनलाई राख्नेरु,’ सिंहले भने।
उनले सर्लाही जिल्लाका लागि बजेट नराखेको भन्दै थप गुनासो समेत गरे। ‘सहरी विकास मन्त्रालयबाट सुरू गर्छु। काठमाडौंमा ३ करोडको दरले १३१ योजना छ। काठमाडौंमा १३१ योजना छ भने मेरो जिल्लामा १५(२० वटा योजना त पर्थ्यो। ठीक छ मैले त्यति भाग खोजेको होइन। सर्लाहीको जनतालाई २० राखे हुन्थ्यो,’ उनले भने, ‘बजेटलाई निजी सम्पत्ति ठानेर सुदूरपश्चिममा गेटा मेडिकल कलेज खोल्ने, मधेस प्रदेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने।’
यति भनेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बोल्न खोजे। सभामुख देवराज घिमिरेले सिंहलाई रोकेर बर्तौलालाई बोल्न समय दिएका थिए।
बर्तौलाले भने नियमापत्तिसँगै सिंहले बोलेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन्। उनले सिंहलाई कारबाही समेत गर्न माग गरेका थिए।
‘छलफलमा सहभागी हुनुभएको माननीय सदस्यले एकदमै आपत्तिजनक विषय राख्नुभएको छ। देशलाई कहीँ कतै गाभिदिऊँ भनेर भन्नु राष्ट्रघाती अभिव्यक्ति हो। रेकर्डबाट हटाउन माग गर्दछु। राष्ट्रिय अखण्डताको विरूद्ध कारबाहीको विषयमा हो,’ उनले भने, ‘यो रेकर्डबाट हटाउन मात्रै होइन, यो मुलुकको स्वाभिमानको विरूद्धमा सार्वभौमिकताको विरूद्धमा राष्ट्रिय अखण्डताको विरूद्धमा एउटा सांसदले यो संसदको रोष्ट्रमबाट अभिव्यक्ति दिनेकुरालाई कारबाहीको विषय बनाइनुपर्छ। उहाँलाई थप बोल्न दिने कुरामा पनि सचेत गराइदिनुपर्छ।’
त्यसपछि सभामुख घिमिरेले सांसद सिंहलाई सचेत गर्दै उनले सांसद अमरेश सिंहले बोलेको ‘७२ जिल्लालाई लिजमा अर्को देशलाई दिऊँ, अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँ’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन रूलिङ गरेका थिए।
‘उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा असंसदीय भाषा प्रयोग भयो। राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने ध्यानमा राखेर यसलाई रेकर्डबाट हटाउन निर्देशन गर्दछु,’ उनले भने।
रूलिङ गरेपछि सिंहले आपत्ति समेत जनाएका थिए। सबै जिल्लालाई बजेट नगएको विषयमा किन रूलिङ नगरेको भनेर सिंहले प्रश्न गरेका थिए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend