Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको धम्की


    आइतबार, असार ८ २०८२
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानका तीन आणविकस्थलमा आक्रमण गरेपश्चात् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले अब शान्तिको बाटो अपनाउनुपर्ने र यदि उनीहरूले त्यसो नगरे भोलिका दिनमा अझै ठूलो आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

    उनले भने, ‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ । यदि, उनीहरूले त्यसो गरेनन् भने भविष्यमा हुने आक्रमण अझ ठूला र सजिला हुनेछन् ।’ इरानलाई थप चेतावनी दिँदै उनले भने, ‘ब कि शान्ति आउनेछ कि इरानका निम्ति यस्तो त्रासदी आउनेछ, त्यो पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’

    उनले गएराति भएको आक्रमणस्थल पूर्णरुपमा सफल भएको दाबी गरेका छन् । उनले भने, ‘म विश्वलाई के भन्न चाहन्छु भने आज रातको आक्रमण पूर्ण रूपमा सफल भएको छ ।’ साथै ट्रम्पले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार