Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • निर्वाचन आयोगले भन्यो- डा. मुकुल ढकाल अझै रास्वपा महामन्त्री


    शुक्रबार, असार ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री डा.मुकुल ढकाल नै रहेको भनी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका डा। मुकुल ढकालले गत बुधबार निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए नभएकोबारे सूचना माग गरेर निवेदन लेखेका थिए ।

    त्यसको जवाफमा आयोगले २० चैत, २०८० यता राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक नभएको भनी जवाफ लेखेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार