काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा पनि अवरोध कायम राख्ने भएको छ।
सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए। तर, रास्वपाले आफ्नो अवरोध जारी राख्ने अडान दोहोर्याएको छ।
शुक्रबार बिहान संसद् भवन, नयाँ बानेश्वरस्थित कार्यकक्षमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर सभामुखले उक्त कार्यक्रम प्रभावित नहोस् भनी आग्रह गरेका थिए। उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्नु शोभनीय नहुने भन्दै विरोधको स्वरूप परिवर्तन गर्न सुझाएका थिए।
जवाफमा परियारले रास्वपाको विरोध निरन्तर रहने स्पष्ट पारे। शुक्रबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend