काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताएका छन्।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने र यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताएका हुन्। मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ।
‘सरकारले रोजगारी दिन्छ नदिने भन्ने हुँदैन। तर त्यसमा सीमा हुन्छ। बढी रोजगारी दिन सक्दैन। रोजगारीका लागि सरकारले वातावरण तयार गरिदिने हो। प्रमुख रोजगारीको क्षेत्र भनेको निजी क्षेत्र नै हो,’ उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गरेर नै सरकारले राजगारीका अवसरहरू सिर्जना गर्ने हो। मुलुकको आर्थिक समृद्धि र अभिवृद्धि निजी क्षेत्रसँग सहकार्य गरेर हुन्छ भन्नेमा हामी विश्वस्त छ।’
श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरैभन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend