Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


    बुधबार, असार ४ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ।

    बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।

    ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू-दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार