Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न


    बुधबार, असार ४ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

    केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ ।

    बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार