Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रबिन्द्र मिश्र तीन लाख धरौटीमा रिहा


    मंगलबार, असार ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् ।

    वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख धरौटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।

    सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहीन भएका भनिएका मिश्र आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

    यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआएपछि खोजी सुरू भएपछि हिजो अदालतमा उपस्थित भएका थिए । उनीमाथिको थुनछेक बहसपछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।

    गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार