Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राप्रपाले हिजो बहिष्कार गरेको संसद बैठक भत्ता नलिने


    सोमबार, असार २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले असार १ गतेको प्रतिनिधिसभा बैठकको भत्ता नलिने भएको छ । राप्रपा संसदीय दलले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको हो ।

    भिजिट भिसा प्रकरणलाई लिएर हिजो असार १ गते विपक्षी दलहरु रास्वपा र राप्रपाले सदन अवरोध गरेका थिए । तर, विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो ।

    प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बहिस्कार गरेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय भएको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइएको जानकारी दिए ।

    बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार