काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धर्ना दिइरहेकै बेला सरकारमातहतको निकायले भने आजै रवि लामिछानेबिरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दायर गरेको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।
प्रहरीले अनुसन्धान सकेर करिब एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले शुक्रबारमात्र अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिएका छन् ।
रास्वपाले संसदमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्नु र पर्सा जिल्ला अदालतमा रविबिरुद्ध मुद्दा दायर हुनु संयोग मात्र त होइन कि भन्ने आशंका गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend