Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालबाट दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु


    आइतबार, असार १ २०८२
    680
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ।

    नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो।

    गएको वर्ष कात्तिक ३० गते एकदिन मात्र परीक्षणको रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिएको थियो। आजदेखि आगामी कात्तिक २९ गते ९१५ नोभेम्बर० सम्म अब हरेक दिन ४० मेगावाटका दरले बंगलादेशमा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए।

    नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए।

    नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ।

    नेपालको विद्युत् खरिद गरेबापत बंगलादेशले नेपाललाई प्रतियुनिट ६.४० सेन्टका दरले शुल्क तिर्ने सम्झौता छ। भारतले पनि प्रसारणलाइन प्रयोग गर्न दिएबापत बंगलादेशबाट तोकिएको शुल्क पाउने सम्झौता छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार