Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान


    शुक्रबार, जेष्ठ ३० २०८२
    800
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तीनकुनेको हिंसाँत्मक प्रदर्शनका कमाण्डार दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
    बिहीबार मध्यराति काठमाडौँ जिल्ला अदालतले ज्यान मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश दिएसँगै उनीहरुलाई दिल्लीबजार कारागार चलान गरिएको हो ।

    अदालतको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान भएका छन् ।

    पूर्वराजाको समर्थनमा ०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार र अन्य एक जनाले ज्यान गुमाएका थिए । त्यस्तै आगलागी, तोडफोड र लुटपाटका घटना भएका थिए

    सो प्रकरणमा पक्राउ परेका ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि हाजीरी जमानीमा छुटेका राप्रपाका रवीन्द्र मीश्र, धवलशमशेर लगायतलाई फरार सूचीमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार