Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार नारायण अर्याल पक्राउ, दिलभूषण पाठकलाई खोज्दै प्रहरी


    बिहिबार, जेष्ठ २९ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पत्रकार नारायण अर्याललाई बिहीबार कुपण्डोलबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । तर, साइबर ब्यूरोले भने अर्याल पक्राउ परेको दाबी अस्वीकार गरेको छ ।

    त्यसैगरी, सञ्चारकर्मी दिलभूषण पाठकमाथि पनि प्रहरीले खोजी तीव्र पारेको छ । अर्याल पाठककै युट्युबमा काम गर्दैआएका थिए ।

    शंकर ग्रुपको स्वामित्वमा रहेको होटल हिल्टनसँग सम्बन्धित समाचार प्रकाशनपछि पाठकमाथि पक्राउ पुर्जी जारी गरिएको हो । सो समाचारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको थियो ।

    सम्बन्धित समाचारप्रति उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर विभिन्न समूहहरूले यस घटनालाई चासोपूर्वक हेरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार