काठमाडौं । अनेरास्ववियुका अध्यक्षलगायत पदाधिकारी एमालेले बालुवाटारबाट जबर्जस्ती घोषणा गर्न खोजेपछि विद्यार्थीहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा चर्को नाराबाजी गरेका छन् ।
आइतबारबाट सुरु भएको अनेरास्ववियुको २४ औं महाधिवेशनको उदघाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । युवासंघमा पनि जबर्जंस्ती नेतृत्व घोषणा गर्न प्रतिनिधिहरुले नाराबाजी गरेपछि निर्वाचन गर्न एमाले नेतृत्व बाध्य भएको थियो । अखिलमा पनि निर्वाचन नगरी नेतृत्व घोषणा गर्न खोज्दा बिरोध भएकाले निर्वाचन गर्नैपर्ने दबाबमा पार्टी नेतृत्व पुगेको छ ।
बालुवाटारले जबर्जस्ती घोषणा गर्न लागेपछि निर्वाचनको माग गर्दै विद्यार्थी नेताहरुले बिरोध गरिरहेका छन् ।
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र पदाधिकारीमा समेत सर्वसम्मत घोषणा गर्न निर्वाचन मण्डलले तयारी गरेको थियो । तर विद्यार्थी नेताहरुले बिरोध गरेपछि मंगलबार दिउँसो निर्वाचन तालिका नै निकालेर चुनावमा जान एमाले नेतृत्व बाध्य भएको छ । निर्वाचन बुधबार १० बजेदेखि त्रिविवि हल कीर्तिपुरमा हुनेछ ।
अध्यक्षमा प्रकाश पौडेल, महासचिवमा दीपक धामी, आरती भट्टराई लगायतले दाबी गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend