काठमाडौं । अनेरास्ववियुका अध्यक्षलगायत पदाधिकारी एमालेले बालुवाटारबाट जबर्जस्ती घोषणा गर्न खोजेपछि विद्यार्थीहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा चर्को नाराबाजी गरेका छन् ।
आइतबारबाट सुरु भएको अनेरास्ववियुको २४ औं महाधिवेशनको उदघाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । युवासंघमा पनि जबर्जंस्ती नेतृत्व घोषणा गर्न प्रतिनिधिहरुले नाराबाजी गरेपछि निर्वाचन गर्न एमाले नेतृत्व बाध्य भएको थियो । अखिलमा पनि निर्वाचन नगरी नेतृत्व घोषणा गर्न खोज्दा बिरोध भएकाले निर्वाचन गर्नैपर्ने दबाबमा पार्टी नेतृत्व पुगेको छ ।
बालुवाटारले जबर्जस्ती घोषणा गर्न लागेपछि निर्वाचनको माग गर्दै विद्यार्थी नेताहरुले बिरोध गरिरहेका छन् ।
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र पदाधिकारीमा समेत सर्वसम्मत घोषणा गर्न निर्वाचन मण्डलले तयारी गरेको थियो । तर विद्यार्थी नेताहरुले बिरोध गरेपछि मंगलबार दिउँसो निर्वाचन तालिका नै निकालेर चुनावमा जान एमाले नेतृत्व बाध्य भएको छ । निर्वाचन बुधबार १० बजेदेखि त्रिविवि हल कीर्तिपुरमा हुनेछ ।
अध्यक्षमा प्रकाश पौडेल, महासचिवमा दीपक धामी, आरती भट्टराई लगायतले दाबी गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend