पाल्पा । निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुंगानाबेँसी, मित्याल अरुणखोला सडक खण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवतजावत गर्नेले सास्ती भोग्नु परेको छ । नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन ।
करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग ९ट्रयाक० खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुन सकेको छैन । सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयवासीले झमेला बेहोर्नु परेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताए ।
‘निस्दीलाई विकास भिरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’जस्ता लेखिएका प्लेकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन् । आगामी बजेटबाट सरकारले यस सडकखण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक संघ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो । दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ । सडकखण्डलाई प्राथमिकतामा राखेर संघीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ ।
उनले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने जानकारी दिए । सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटक पटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायीले कष्टसँग यात्रा गर्न बाध्य बनेका छन् ।
क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह्रै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडकखण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरबाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षण पत्र गाउँपालिकामा बुझाएका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend