कर्णाली । कर्णाली प्रदेश प्रज्ञा(प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभासमक्ष टेबुल गरिएको छ ।
प्रदेश सभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमतिअनुसार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष प्रज्ञा(प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरेका हुन् ।
कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र संगीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले मन्त्रालयले उक्त विधेयक ल्याएको हो ।
त्यसैगरी, सभामुखको अनुमतिसँगै कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहीले प्रदेशसभा नियमावली २०८१ को नियम ११४ को खण्ड ‘क’ बमोजिम ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरे । विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभाका सांसद भीमप्रकाश शर्मा, कल्याणी खड्का र कलबहादुर हमालले भाग लिए।
सभामुख गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११७ बमोजिम उक्त विधेयकमा संशोधनको सूचना पेस गर्न चाहनुहुने सांसदका लागि ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गराए । प्रदेशसभा सांसद पूर्णबहादुर खत्रीले आकस्मिक समयमा समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
सभाको अर्को बैठक आगामी असार १ गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend