काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत ढुङ्गा, गिट्टी र बालुवा निर्यात खुलाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री दामोदर भण्डारीलाई पदमुक्त गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
रिटमा बजेटको बुँदा नम्बर ८७ ले सर्वोच्चको २०७९ माघ ७ को परमादेश उल्लङ्घन गरेको दाबी गरिएको छ । उक्त फैसलाले खानीजन्य र नदीजन्य सामग्रीको निर्यात रोक्न र वातावरण संरक्षणमा प्रभावकारी व्यवस्था गर्न आदेश दिएको थियो । तर, नयाँ बजेटले वातावरणीय प्रभाव अध्ययनको आधारमा यस्ता सामग्रीको उत्खनन र निर्यात गर्ने प्रावधान राखेर अदालतको अवहेलना गरेको त्रिपाठीको जिकिर छ ।
रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ बमोजिम १ वर्ष कैद र १० हजार जरिवाना गर्न, तत्काल पदमुक्त गर्न र भविष्यमा सार्वजनिक पदमा अयोग्य घोषित गर्न माग गरिएको छ । साथै, बजेटको उक्त बुँदा कार्यान्वयनमा रोक लगाउन पनि माग गरिएको छ ।
त्रिपाठीले अदालती फैसलाको कार्यान्वयन नहुँदा न्यायपालिकाको सर्वोच्चता र संविधानको शक्ति पृथकीकरणमाथि प्रहार भएको बताए ।
काठमाडौँ । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ। बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष...
काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। बिहीबार त्रिवि क्रिकेट...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)...
काठमाडौँ। अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend