काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भएपनि सत्ताको चाबी वामपन्थीको हातमा भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताएका हुन् ।
उनले कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए । नेता कोइरालाले भने, ‘अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन । कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ ।’
उनले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गर्दै भने, ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ ।’ कांग्रेस सरकारमा भएपनि सत्तामा नरहेको जिकिर गरे । उनले भने, ‘सरकार र सत्ता फरक कुरा हुन् । हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् ।’
उनले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने रु चाबी खोल्नुप¥यो नि त ।’ एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन्’ उनले भने ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend