Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह


    शनिबार, जेष्ठ २४ २०८२
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी-पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन् ।

    ‘वर्षायाममा बाढी-पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौँ, सुरक्षित रहौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार