काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउन आज साँझ ६ बजेसम्मको समयसीमा तोकेको छ । आइतबारदेखि सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनमा सहमति नहुँदा छैटौँ दिनसम्म लम्बिएको छ ।
सम्मेलन पहिले कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन भएको थियो, तर शुक्रवारदेखि चाबहिलको मित्रपार्कस्थित गोल्डेन पार्टी प्यालेसमा स्थानान्तरण गरिएको छ । पछिल्ला तीन दिनदेखि नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास जारी रहे पनि सफलता हासिल भएको छैन । सहमति खोज्न निर्वाचन आयोगले तीनपटकसम्म निर्वाचन कार्यतालिका संशोधन गरिसकेको छ ।
माओवादी केन्द्रले नेतृत्व चयनमा सहमति जुटाउन पार्टी उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ । बस्नेतसँगै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र संगठनका अध्यक्ष सुवोध शेर्पाली सहमति खोज्न निरन्तर छलफलमा छन्। शेर्पालीले शुक्रवार साँझसम्म नयाँ नेतृत्व चयन हुने दाबी गरेका छन् ।
अध्यक्षका आकांक्षीको सङ्ख्या १३ बाट घटेर तीनमा झरेको छ । वर्तमान उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, र सचिव कर्म पुलामीबीच सहमति जुटाउन कठिनाइ भइरहेको छ । तीनै जना आ-आफ्नो अडानमा रहँदा सहमति बन्न नसकेको हो ।
पार्टी सचिवालयले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएको छ । निर्वाचन आयोगका अनुसार सम्मेलनमा १,५३४ प्रतिनिधि सहभागी छन्। उम्मेदवारको अन्तिम नामावली साँझ ५:२० मा प्रकाशित गर्ने कार्यतालिका छ, तर मतदानको समय भने ‘तत्कालीन अवस्था अनुसार’ हुने आयोगले जनाएको छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend